×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच सम्झौता, ग्राहकलाई सहुलियत दरमा कर्जा दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच सम्झौता, ग्राहकलाई सहुलियत दरमा कर्जा दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्गबीच सम्झौता भएको छ । बैंकले बोधि होल्डिङ्गका ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा दिने सम्बन्धी उक्त सम्झौता गरेको हो । बैंक र बोधि होल्डिङ्गकाबीच चैत्र ४ गो उक्त सम्झौता भएको हो । ग्लोबल आइएमई बैंकले तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका तर्फबाट अध्यक्ष जलेश्वर पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ्ग प्रा.लिले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजनामार्फत घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रा।लि।ले निमार्ण गर्ने परियोजनाको बैकिङ पार्टनरको रुपमा पनि रहने भएको छ । 
बैंकले २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: