×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन अध्यक्ष गोल्छाको सुझाव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन अध्यक्ष गोल्छाको सुझाव

Artha Sarokar

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ । समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकीलगायत हुनुहुन्छ ।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न सुझाव दिनुभयो । साथै उहाँले महासङ्घकातर्फबाट नेपाल सरकारमा केकस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पु¥याउन सकिन्छ सोअनुसार समितिलाई क्रियाशील राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासङ्घका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचानसहित अगाडि बढ्न शुभकामना दिनुभयो । समितिको बैठकले स्थानीय आर्थिक विकासका लागि केकस्ता कार्य गरी अगाडि बढ्न सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको छ । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी