
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । २२ तोला ३२ लाल अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरी–२ नागढुङ्गाबाट बुधबार साँझ २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्रीसहित भारत नकुबार जानादारा जोयपुर हाउराहका ३१ वर्षीय तपास सस्माललाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७९२१ नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाएको अवस्थामा उक्त सुनको सिक्री फेला पारेको हो । सुनको बिल भरपाई केही नभेटिएपछि सुनसहित सस्माललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्