×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न स्थानबाट सुनका गहनासहित नगद चोरी

GLOBAL IME BANK

विभिन्न स्थानबाट सुनका गहनासहित नगद चोरी

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट सुनका गहनासहित विभिन्न धनमाल चोरी भएको छ । कुलेश्वरमा डेरा गरी बस्ने ४६ वर्षीय श्रीराम गिरिको कोठाबाट नगद ९५ हजार रुपैयाँ र सुनका बिभिन्न गहनासमेत गरी करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यस्तै भक्तपुर नगरपालिका १० कमलबिनायक भत्केको पाटी डेरा गरी बस्ने स्याङ्जा बिरुवा गाउँपालिका १ घर भएका शेर बहादुर कुवँरको कोठाको ताला फोडी ७ लाख रुपैयाँ बराबरको सुनका विभिन्न गहना बुधाबर साँझ चोरी भएको छ । साथै सुनसरीको देवानगंज गाउँपालिका-५ बस्ने जोधन यादबको घरबाट नगद १ लाख रुपैयाँ, १ तोला सुनको सिक्री तथा ३० तोला चाँदी बुधबार दिउँसो चोरी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: