- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ८८ हजार ७ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज १ हजार ७ सयले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७४ हजार ५९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ ।