×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा र सरकारबीच वार्ता सकियो, यसरी हुँदैछ संयुक्त पत्रकार सम्मेलन !

LAXMI SUNRISE BANK

नेकपा र सरकारबीच वार्ता सकियो, यसरी हुँदैछ संयुक्त पत्रकार सम्मेलन !

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ता सकिएको छ । तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ता सकिएको हो । 
उक्त सहमति नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाबाट गर्ने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयहरु छन् ।
सहमतिको विस्तृत विवरण फागुन २१ गते अर्थात् शुक्रबार दिउँसो २ बजे विशेष समारोहकाबीच सार्वजनिक हुने भएको छ । उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी