Skip to content
LAXMI SUNRISE BANK

खुल्यो ग्रिनलाइफ हाइड्रोपावरको सेयर कारोबार, कतिमा भयो पहिलो कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आजको प्रि ओपनिङ्ग सेसनमा ग्रिनलाइफ हाइड्रोपावरको पहिलो सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता २९९ रुपैयाँमा १० कित्ता सेयर खरिदबिक्री भएको हो । सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । 
जसअनुसार आजदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो । दोस्रो बजारमा कारोबारको लागि कम्पनीले जीएलएच कारोबार संकेत पाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK