×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हनुमन्ते खोला करिडोरका संरचनामा माथिको आदेश भन्दै धमाधम डोजर चल्यो, पिडित स्थानीय के भन्छन् ? (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हनुमन्ते खोला करिडोरका संरचनामा माथिको आदेश भन्दै धमाधम डोजर चल्यो, पिडित स्थानीय के भन्छन् ? (भिडियो)

Artha Sarokar

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
भक्तपुर । हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योगलगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् । 
सुर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भएपनि सात दिनभित्र उद्योग हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो । ४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताउनुभयो ।
बिकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानियले बताएका छन् । यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भन्दै सरकारले क्षतिपुर्ति दिनुपर्ने माग स्थानियको छ । स्थानीय सरकारले समेत बेवास्ता गरि जर्बजस्त डोजर चलाइएको हनुमन्ते खोला करिडोर पीडित समितीका संयोजक ओम श्रेष्ठले बताउनुभयो । स्थानीयले आफुहरु बिकास विरोधी नभएको भन्दै विकासको नाममा स्थानीयको बिनाश गर्नुनहुने बताएका छन् । सम्बन्धित निकायले उचित क्षतिपुर्ति दिनुपर्ने उनीहरुको भनाई छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी