
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको शोरुम चाबहिलमा खुलेको छ। कृष्ण इन्टरनेशनल प्रालिले हाउजेका बाइकहरुको सातौँ शोरुम चाबहिलमा उद्घाटनसँगै बिक्री सुरु गरेको हो। डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ। कम्पनीका अनुसार नेपालका सबै मुख्य सहरदेखि गाउँसम्म हाउजे मोटरसाइकलको सर्भिस सेन्टर, पार्ट्सको बिक्री समेत गर्ने गरी शोरुम खोलिने छ।
कम्पनीले अहिले आक्रामक शैलीमा मोटरसाइकल र स्कुटरको बिक्री गरिरहेको छ। हाउजेका डर्ट सेग्मेन्टका बाइकहरु ल्याएर कम्पनीले नेपाली डर्ट मोटरसाइकल बजारमा अर्को प्रतिस्पर्धा थपेको जनाएको छ। यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दाबी छ । इन्जिन वारेन्टी २ वर्ष छ भने निःशुल्क सेवा ६ पटकसम्म उपलब्ध रहेको र पार्टपुर्जा सर्वसुलभ मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ। काठमाडौंमै कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरीत दिशामा समेत यसको शोरुम छ। यसबाहेक टेकु र नयाँ बजारमा पनि खुलिसकेको छ। उपत्यकाबाहिर चितवन, हेटौंडा र संखुवासभामा शोरुम उपलब्ध छ ।
चाबहिलको शोरुम कम्पनीको सातौँ हो। शेर्पा एसोसिएसनका ग्लोबल चेयरम्यान आङ दोर्जे लामाको प्रमुख आतिथ्य र अमरराज कर्णिकारको विशिष्ट आतिथ्यका साथै बौद सामुदायिक सस्था का अध्यक्ष श्री जय मंगल लामा बाट हायात अगाडि बाइक पस प्रालि नामक नयाँ शोरुम उद्घाटन गरिएको हो। शोरुमका संचालक मिनराज शाक्यले भने,”हामीले हाउजेको शोरुमबाट बिक्रिपछीको सेवालाइ पनि ध्यान दिने छौ ,ग्राहक हाम्रो लागी भगवान हुन् र हाम्रो बाइक चढेर हामीलाई सेवा गर्ने मौका दिनुहोस।” पत्रकार सम्मेलनको बिच उद्घाटन सहित आजबाट बिधिवत रुपमा संचालनमा आएको शोरुमले आज बिशेष छुट का साथ् किन्ने ५ जना ग्राहकलाई हाउजे बाइकको चाबी पनि हस्तान्तरण गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्