×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकले ल्यायो ‘एचबीएल डलर प्रिपेड कार्ड’, वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन बैंकले ल्यायो ‘एचबीएल डलर प्रिपेड कार्ड’, वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सकिने

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर प्रिपेड कार्ड’ प्रचलनमा ल्याएकोे छ । यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् ।
यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले ७१ शाखा, ४ बिस्तारित काउन्टर, १४६ वटा एटीएम र ४ हजार २ सयभन्दा बढी पीओएस टर्मिनल्समार्पmत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: