
हुम्ला । हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।
तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री पनि नियमित हुने भएपछि जिल्लाका अधिकांश कृषक त्यसतर्फ जुटेका छन् । यहाँका सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषक बेमौसमी तरकारीबाट घर खर्च गर्नसमेत सहज भएको बताउँछन् ।
यस समयमा सिमकोट गाउँपालिका–४ हेल्दुङगाउँका ३० घरधुरी बेमौसमी तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक गगन शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदयाममा घरमा त्यत्तिकै बस्नुभन्दा समयको सदुपयोग हुने र बालबालिकाका लागि कापी, कलमदेखि घरपरिवारलाई खाद्यान्नको पनि जोहो गर्न सजिलो हुने भएपछि यस पेशालाई सौभाग्यका रूपमा लिइएको छ ।”
हिउँदको समयमा बेमौसमी तरकारी बोकेर सदरमुकाम सिमकोट पु¥याउँदा एक मुठा सागको रु ३० र धनियाँ रु २० मा बिक्री गर्ने गरेको कृषक शाहीले बताउनुभयो । आफूले आफ्नो घरमा बेमौसमी तरकारीका लागि ग्रिनहाउस हालेर बाक्लो तरकारी फलाउने गरेको उहाँले जानकारी दिनुभयो । यसबाट महिनाको करिब रु सात हजारसम्म कमाउने गरिएको उहाँले बताउनुभयो ।
सदरमुकाम सिमकोट आसपासका गाउँमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा आम्दानीको राम्रो स्रोत बने पनि सदरमुकाम बाहिरका अधिकांश गाउँपालिकाका कृषकलाई भने उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार नपाउँदा समस्या भएको बताइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्