×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एचआईडीसीएलले ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि धितोपत्र बोर्डमा दियो आवेदन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एचआईडीसीएलले ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि धितोपत्र बोर्डमा दियो आवेदन

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो । कम्पनीले ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
यसअघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा ११ अर्ब रुपैयाँबराबरको हकप्रद निष्कासन गर्न गत चैत १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद निष्कासन गर्ने भएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: