
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ज्योति लाइफको इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी शुक्रबार (चैत १३ गते) मात्रै हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको इन्स्योरेन्सको आईपीओ आगामी शुक्रबार हुने भएको हो । कम्पनीले कम्पनीको आइपिओमा १८ लाख ४२ हजार ४९६ वटा आवेदन परेको छ ।
आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले ५९ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन मागेको थियो । जसअनुसार आवेदन दिएका ३ जनामध्ये एक जनाले मात्र सेयर पाउने भएका छन् । कम्पनीको सेयर भाग्यमानी ५ लाख ९४ हजार जना आवेदनले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् । जुन कम्पनीको आइपीओमा परेको कुल संख्याको (३२.२४ प्रतिशत) मात्र हो ।
आवेदकमध्ये ६७.७६ प्रतिशत अर्थात १२ लाख ४८ हजार ४९६ जनाको हात खाली हुनेछ । कम्पनीले फागुन २१ गतेबाट ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । एनएमबि क्यापिटलका अनुसार यस साता रुरु हाइड्रोले गुल्मीका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गर्नुपर्ने भएकाले ज्योतिको सेयर बाँडफाँड एक साता पछि आगामी शुक्रबार (चैत १३) मात्र हुने जनाएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्