
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपिओ (साधारण शेयर) बिक्रि गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सम्झौता पछिको पत्रकार सम्मेलनमा कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत ६० लाख कित्ता बराबरको आइपिओ बिक्रि गर्न लागेको बताएको छ ।
हाल कम्पनीको ३ अर्ब ४० करोड रुपियाँ चुक्ता पुँजी रहेको छ । बुक विल्डिङ विधिमार्फत् बिक्रि हुने आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिने कम्पनीले जानकारी दिएको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । नेपालमा बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनि बन्नेको छ । कम्पनीको ६० लाख कित्ता आइपीओ मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्