×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण, स्थानीयवासी खुशीले गदगद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण, स्थानीयवासी खुशीले गदगद

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट । नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् । भिरालो जमिन, कडा चट्टान भएको ठाउँमा छिट्टै सडक बन्ला भनेर कल्पनासमेत नगरेका स्थानीयवासीले गाउँमै छिट्टै सडक पुगेपछि खुशीयाली छाएको बताएका हुन् । घरछेउमै मोटरबाटो बनेपछि स्थानीयवासी गदगद भएको वडाध्यक्ष भद्रबहादुर ध्यारले भन्नुभयो । सडक नहुँदा यहाँका सर्वसाधारण पाँच घण्टा हिँडेर चौखा आएर गाडी चढ्ने गर्दथे । डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने सडक भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जनयुद्धकालमा सबैभन्दा सुरक्षित बाटो मात्र होइन, सयौँ योजना र बैठक गर्ने क्षेत्रका रूपमा समेत यो ठाउँ चर्चित छ ।
सडक निर्माणका लागि प्रदेश सरकारको रु एक करोड ४७ लाख लागतमा खड्का कृष्ण कन्स्ट्रक्शनले सडक निर्माणको जिम्मा लिएको थियो । सडकको ६२ हजार घनमिटर माटो कटिङ तथा १० हजार घनमिटर कडा चट्टानको भाग कटिङ गर्नुपर्ने उल्लेख छ । सडक बनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न तथा स्थानीयवासीलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी गोपाल ध्यारले बताउनुभयो । यो गाउँ अझै सञ्चार, सञ्चारमाध्यमको पहुँचबाट टाढा रहेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: