Skip to content
LAXMI SUNRISE BANK

आगामी असार ११ र १२ गते राष्ट्रिय रोजगार सम्मेलन हुने

अर्थ सरोकार

काठमाडौँ । युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौँमा गरिने भएको छ । उहाँले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने जानकारी दिनुभयो । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कोभिड–१९ का कारणले वैदेशिक रोजगारबाट फर्र्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
“सम्मेलनमा रोजगारदाता संस्था र युवाबीच दक्षता, क्षमता र सीपका आधारमा रोजगारीको सहमति गरिनेछ”, उहाँले भन्नुभयो, “बेरोजगार भएका युवालाई रोजगारी दिन सम्मेलनको आयोजना गरिएको हो ।” सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को समेत सहकार्य हुनेछ । सम्मेलनको तयारीका लागि एनआरएनएका वरिष्ठ उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा कार्यकारी समितिसमेत गठन गरिएको छ । -रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK