- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बैंक लिमिटेडले झन्डै दुई सय कर्मचारीको माग गरेको छ । नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आवहान गरेको हो । नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आवहान गरेको छ ।