×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोरपाटी-साँखु सडकखण्डमा सडक निर्माण सुरु, स्थानीयले अवरोध गरेको क्षेत्रमा भएन काम (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

जोरपाटी-साँखु सडकखण्डमा सडक निर्माण सुरु, स्थानीयले अवरोध गरेको क्षेत्रमा भएन काम (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो । 
स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य शुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताउनुभयो । तरपनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गार्इंले बताउनुभयो ।
जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०/७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । सडक खण्ड २२ मीटरको चौडा हुने छ । जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ । कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्ड मध्ये चाबिहल देखि जोरपाटी बागमती पुल सम्मको सडक कालोपत्रे भइसकेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: