×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड, कति आवेदकले पाउलान् सेयर ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड, कति आवेदकले पाउलान् सेयर ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आफ्नै कार्यालय शान्ता प्लाजा ज्ञानेश्वरमा दिउँसो १२ः३० बजे बाँडफाँड गर्ने तयारी भएको छ । आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । कम्पनीको सेयरमा कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
१८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६.४ गुणा बढी हो । सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरै भने आइपीओ पाउने छैनन् ।
ज्योति लाइफले ६६ करोड रूपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: