×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने, १२ लाख ४८ हजार ४९६ जनाको हात खाली !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आईपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओको मंगलबार प्रि अलटमेन्ट गरी अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइएको छ । कम्पनीको आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली हुने भएको छ । आईपीओ ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र पाउनेछन् ।
ज्योति लाइको ६६ करोड रूपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमा आवेदकको नयाँ रेकर्ड कायम भएको थियो । आईपीओमा माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको थियो । ज्योति लाइफको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: