Skip to content
LAXMI SUNRISE BANK

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९४ हजारले पाए सेयर, यी ठाउँहरुबाट हेर्नुहोस् रिजल्ट

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको कार्यालय शान्ता प्लाजा ज्ञानेश्वरमा आइपीओ बाँडफाँड भएको हो । ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । 
कम्पनीको आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए ।  जसमा ४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ । कुल १७ लाख ९७ हजार ८३५ जना योग्य आवेदकलाई मात्र गोलाप्रथामा सहभागी गराइएको थियो । 
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयरबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK