×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र पसछे विजयी, ल्याए ५४० मत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र पसछे विजयी, ल्याए ५४० मत

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काभ्रे उद्योग वाणिज्य संघको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्नुहुँदै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गर्नुभएको हो । भोछिभोयाले ४३९ मत प्राप्त गर्नुभएको थियो । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन हुनुभएको थियो भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
सङ्घको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी हुनुभएको हो । तिमल्सिनाले ३६४ मत प्राप्त गर्नुभएको थियो । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यस्तै सङ्घको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी हुनुभएको छ भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध हुनुभएको थियो । सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी हुनुभएको छ ।
खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ (बि), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ (ए), उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी हुनुभएको छ । महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: