×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको छ । यसरी बीमा गरेपछि रोजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहोनेर्छ । म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् ।
बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेको विवरण सबै भरेपछि तोकिएको शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने भएको छ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० प्लस बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ुखल्तीुका प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: