×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्राउन लागेकोमा सांसद र सरोकारवालाको आपत्ति, कसले के भने ? (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले अध्यादेशमार्फत कृषिमा विदेशी लगानी भित्राउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्राउन सरकारले अध्यादेशको साहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन् । 
बैठकमा बोल्दै सांसद सोमप्रसाद पाण्डेले यस अघि नै कृषिमा विदेशी लगानी भित्राउनुहुन्न भनेर विभागिय मन्त्रीसहित बसेको बैठकले निर्णय गरिएको भएपनि सरकारले अध्यादेशमार्फत विदेशी लगानी भित्राउन लागेको बताउनुभयो । सानो प्वालबाट ठुलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उहाँले कृषिमा विदेशी लगानी स्वीकार्न नसकिने बताउनुभयो ।
सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउनु नहुने बताउनुभयो । कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उहाँको भनाई छ । लगानी भित्रिदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा पनि बढ्ने उहाँको भनाई छ ।
सांसद प्रकाश रसाईलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताउनुभयो । कृषिमा विदेशी लगानी नभित्राउने भनिएको भएपनि सरकारले किन ल्याउने प्रयास गरेको हो यस सम्बन्धमा विभागिय मन्त्री र सचिवहरुसँगको छलफल आवश्यक रहेको उहाँको भनाई छ ।
सांसद अमृता अग्रहरीले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरु सक्षम रहेको बताउनुभयो । जनताको मर्म विपरित कृषिमा वैदेशिक लगानी भित्राउन लागिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो ।
सांसद बृजेश गुप्ताले विदेशी लगानीलाई निषेध गरेर देश अगाडी बढ्न नसक्ने धारणा राख्नुभयो । जति प्रतिस्पर्धा बढ्छ उति जनतालाई फाइदा हुने भन्दै उहाँले कृषिमा विदेशी लगानीलाई मापदण्डको आधारमा भित्राउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले विदेशी लगानी सँगसँगै प्रविधी, प्राविधिक, मल, बिउबिजन पनि सँगै भित्रिने भएकाले लाखौँ कृषकहरुले कृषि पेशाबाट हात धुनुपर्ने अवस्था आउने बताउनुभयो । विदेशीलाई जमिन दिदा खेतीयोग्य भुमि कृषि बाहेकको प्रयोजनको लागि पनि प्रयोग हुनसक्ने उहाँको भनाई छ ।
नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले विदेशी पुजिँसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न नसक्ने र रोजगारी गुम्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले नेपालमा लगानीको कमी नभएको बताउनुभयो । देशका उद्योगी, वित्तिय संस्थासँग लगानी गर्न आवश्यक रकम रहेको उहाँको भनाई छ ।
नेपाल डेरी एशोसिएसनका महासचिव प्रलाद दाहालले स्वदेशी कम्पनीहरुलाई लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । प्रविधिको प्रयोग गरी नेपाली लगानीमै कृषि गर्नुपर्ने उहाँको भनाई छ । कृषिमा आत्मनिर्भरताको बाटोमा हिड्नुपर्ने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: