
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीय बासिन्दाले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाउँमा बालाजुमा जनताको घर गैरकानूनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गरेको हो । घेराउ कार्यक्रममा उपस्थित भएका बालाजु क्षेत्रका स्थानीयले सडक विस्तार गर्ने नाममा घर भत्काइदिदा आफूहरुको उठिबास भएको बताएका छन् । अहिले सम्म एक रुपैयाँ क्षतिपूर्ति नपाएको पनि उनीहरुले बताए ।
यस्तै बृहत नागरिक आन्दोलनका अभियान्ताहरुले कमल पोखरीमा कंक्रिट प्रयोग गरी कमलको फूल फुलाउँदा पोखरीको मौलिकता नष्ट हुने बताएका छन् । जनताले कंक्रिटको प्रयोग नगर्न माग गरिरहेपनि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नसुनेको पनि बताए । उनीहरुले जनताको आवाज सुन्न र बुझ्न नसक्ने मेयरले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।
महानगरपालिका घेराउ कार्यक्रममा उपस्थित स्थानीयले ‘हाम्रो स्वबासी घरजग्गा हाम्रो अधिकार, हाम्रो माग पुनस्थापना गर’, ‘राज्य संयन्त्रका अङ्गहरुको दुरुपयोग बन्द गर’, ‘बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरुलाई सोही स्थानमा पुनस्थापना गर’, ‘नागरिकहरुको उठिबास हुने÷गर्ने कस्तो सरकार ? कस्तो विकास ?’, ‘यो भूमि या देश प्रर्बते भाषा र भाषिको पेवा होइन’, ‘सम्पदा मास्ने भूत भगाऔं, कमल पोखरी जोगाऔं’ लगायत लेखिएका पम्प्लेट समेत बोकेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्