×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको “डिजिटल च्यालेन्ज” नामक योजना सार्वजनिक, डिजिटल च्यालेन्जमा आइफोन १२ निः शुल्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंकको “डिजिटल च्यालेन्ज” नामक योजना सार्वजनिक, डिजिटल च्यालेन्जमा आइफोन १२ निः शुल्क

Artha Sarokar

२३ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले “डिजिटल च्यालेन्ज” नामक योजना प्रस्तुत गरेको छ । यो योजनाअन्तर्गत् कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्नुहुनेछ । यसका साथै ५ जना भाग्यशाली विजेताले साम्सङ ट्याब ए ८.० प्राप्त गर्नुहुनेछ ।
“कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि” योजनाअन्तर्गत् ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । जसअन्तर्गत् ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन् ।
यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ भाग्यशाली विजेताले साम्सङ् ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत् ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।
कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ । बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी