×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र मेरिना ईम्पेक्सबीच सम्झौता, बैंकका ग्राहकले २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक र मेरिना ईम्पेक्सबीच सम्झौता, बैंकका ग्राहकले २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुमारी बैंक लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सहकार्य पश्चात मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरुबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धी सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाट भुक्तानी गरेमा कार्डवाहकहरुले २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका छन् । 
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: