×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडक १५ दिन सवारीसाधन चलाउन नपाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडक १५ दिन सवारीसाधन चलाउन नपाइने

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्वत । सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ । अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो । पूर्वाधार विकास कार्यालयले आरसिसी ढलानको काम हुने र सवारी आवतजावत गर्दा ढलान भत्कने तथा क्षतिग्रस्त हुने भएकाले सवारी साधन सञ्चालन गर्न नमिल्ने जनाएको छ ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले सडकको गुणस्तर नबिग्रियोस भनेर पूर्णरूपमा सवारी आवजावत बन्द गरिने जानकारी दिनुभयो । उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ । सडक बन्द हुँदा पकुवा, आर्थर, ठूलीपोखरी, कार्किनेटा, थापाठाना, खौलालाकुरीलगायतका क्षेत्रका यात्रुलाई समस्या पर्ने भएको छ । सडक बन्द हुँदा सिल्मी हुँदै साइकलचोक–गहतेपोखरा–लाम्पाटा–ठूलीपोखरी सडक प्रयोग गर्न सकिने छ । उक्त सडक केही किलोमिटर लामो भए पनि गुणस्तरीय रहेकाले सोही मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी