
लहान । नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुआत गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो । संस्थानले ग्राहकबाट रु ७५ लाख ६८ हजार ९६९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । एउटै ग्राहकबाट रु एक लाखसम्म बक्यौता उठाउन बाँकी रहेको जनाइएको छ । बक्यौता धेरै बाँकी रहेकाले आपूर्ति बन्द गरेर बक्यौता असुल गर्ने योजना बनाइएको संस्थान लहानका प्रमुख शिरिष राजभण्डारीले जानकारी दिनुभयो ।
संस्थानका अनुसार केशव कोइराला, वीरेन्द्रप्रसाद यादव र जिवछ महतोबाट रु एक लाखभन्दा बढी बक्यौता उठाउन बाँकी छ । यस्तै पूर्व उपसभामुख चित्रलेखा यादवबाट रु ४० हजार, दामोदर उपाध्यायबाट रु ७० हजार, नेवकीबती चौधरीबाट रु ७५ हजार, परशुराम चौधरीबाट रु ४३ हजार, एकलाश कुमारी यादवबाट रु ५४ हजार, मोहनदास तत्माबाट रु ५७ हजार बक्यौता रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सडक विभाग लहानबाट रु ४२ हजार, लहानस्थित यान्त्रिक कार्यालयबाट रु १३ हजार र लहान नगरपालिकाबाट रु १३ हजार बक्यौता उठाउन बाँकी रहेको छ । पछिल्लो समय महसुल नबुझाउने प्रवृत्ति बढ्दै गएको जनाइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्