×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० सवारीसाधनमाथि कारवाही, ५ लाख बढी राजश्व सङ्कलन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० सवारीसाधनमाथि कारवाही, ५ लाख बढी राजश्व सङ्कलन

Artha Sarokar

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
लहान । विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोलबजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ ।
गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेशप्रसाद यादवले जानकारी दिए ।
ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुईजनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी