×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ करोड ५५ लाख लागतमा ललितपुरमा कुमारी छें र कुमारी घर पुनर्निमाण हुने, भारतीय राजदुतले गरे शिलान्यास (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL

४ करोड ५५ लाख लागतमा ललितपुरमा कुमारी छें र कुमारी घर पुनर्निमाण हुने, भारतीय राजदुतले गरे शिलान्यास (भिडियो)

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । ललितपुरमा रहेको कुमारी छें र कुमारी घर पुनर्निमाण हुने भएको छ । ०७२ सालको भुकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निमाण हुने भएको हो । मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गर्नुभयो । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भुकम्प पश्चात क्ष्तिग्रस्त बनेको थियो ।
भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैँया ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निमाण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताउनुभयो । भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उहाँले बताउनुभयो । डेढ वर्षमा सम्पन्न गरीसक्ने गरी बनाउन लागिएको भवन भुकम्प प्रतिरोधी बनाइने उहाँको भनाई छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी