
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज कार्यालय समयसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीले गत शुक्रबारबाट १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
कुल ६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको सेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरिरहेको छ । सो कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा मंगलबार साँझसम्म साढे पाँच गुणा बढी आवेदन परेको छ । बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार १५ लाख ७० हजार ४१४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५७० किता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ५.६३ गुणा बढी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्