
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एलबिइएफ क्याम्पसले मनोमानी गरेपछी सीएहरुले गरे विरोध गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)सँग एमबिए पढ्न संघका सदस्यहरुलाई छुट दिने सम्झौता गरेको उक्त क्याम्पसले संघसँग इमेल आइडी मागेर सिए सदस्यहरुलाई बिबिएम पढ्न आउनु भन्ने आशयको इमेल पठाएपछि सिएहरुले यसको विरोध गरेका हुन् । साथै सीएहरुले आफ्नोल प्रतिष्ठामाथि खेल्ने दुष्प्रयास भएको पनि बताएका छन् ।
आइतबार सिएहरुको मेलमा सो क्याम्पसले आफ्नो क्याम्पसमा बिबिएमका लागि भर्ना खुलेको जानकारीसहितको मेल पठाएको थियो । राकेश कुमार भगतको नामबाट आएको उक्त इमेलमा क्याम्पसको विज्ञापन राखिएको छ र विज्ञापन बिबिएम कोर्सको छ । ‘आफ्नो गोपनियताको अधिकारमाथि एक्यानले नै धावा बोलेको र लर्डबुद्ध नामक कुनै एक व्यावसायिक संस्थाले हाम्रो इज्जतमाथि नै आंच आउने गरी विज्ञापन मेल गरेको छ ।’ एक सिएले गुनासो गरे । साथै उनले सीएको इमेलसमे इमेल आइडी एक्यानले बिक्री गरेको बताए ।
यता एक्यानका महासचिवले भने यस विषयमा बुझ्न फोन गर्दा फोन नै उठाएनन् । एलबिइएफ क्याम्पसका राकेश भगतले भने यस विषयमा आफुलाई थाहा नै नभएको तर्क गरेका छन् । यद्यपि इमेलमा उनकै नाम उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्