×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निकुञ्ज क्षेत्रमा उडान निषेध गरेको विरोधमा उद्योगमन्त्रीलाई वायु सेवा सञ्चालकको ज्ञापन पत्र (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निकुञ्ज क्षेत्रमा उडान निषेध गरेको विरोधमा उद्योगमन्त्रीलाई वायु सेवा सञ्चालकको ज्ञापन पत्र (भिडियो रिपोर्ट)

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको बिरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरुले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको बिरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् । वायुसेवा संचालकहरुले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै संरक्षित क्षेत्रहरुमा पूर्ववत रुपमा प्रचलित व्यवस्थानुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरु निर्वाध रुपमा संचालन गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । 
हेलिकप्टरहरु निर्वाध रुपले चल्न नपाए आर्थिक अभाव भई सेवा नै बन्द हुने अवस्था आउने भन्दै वायु सेवा सञ्चालकहरुले उडान रोक्का फुकुवा गर्न आवश्यक पहलका लागि मन्त्री भट्टलाई आग्रह गरेका छन् । वायु सेवा सञ्चालकका सचिव सुमन पाण्डेले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको निर्णयले हेलिकप्टर उद्योगमा अनिश्चितता आएको बताउनुभयो । हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टर उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परि आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारी समेत गुम्ने सचिव सुमन पाण्डेले बताउनुभयो । विदेशी बजारमा नेपाली पर्यटन क्षेत्रको विश्वसनीयताप्रति प्रश्न उठ्ने भन्दै हेलिकप्टरलाई निर्वाध रुपमा चल्न दिनुपर्ने उहाँको भनाई छ ।
ज्ञापन पत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । ऐन, कानुनको पालना हुनेगरी सन्तुलित ढंगले अघि बढ्नुपर्ने भन्दै उहाँले सबैलाई बोलाएर व्यवस्थित ढंग्ले छलफल गरी समस्या आउन नदिन दीर्घकालीन उपाय खोज्नु पहल गर्ने मन्त्री भ भट्टले बताउनुभयो । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण÷होभारिंग नियमनको परिपत्रमा हेलि अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङबोचे र नाम्चे स्थितका ३ स्थान वाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो । यस निर्णयले हेलिकप्टर संचालक कम्पनीहरु तथा समग्र पर्यटन व्यवसाय मर्कामा परेको भन्दै पूर्ववत रुपमा अवतरण गर्नुपर्ने माग गर्दै आएका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: