Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकद्धारा एकैदिन ४ स्थानमा क्युआर कोड सेवाको सुरुवात, कहाँ कहाँ पुग्यो सेवा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन ४ स्थानमा क्युआर कोड सेवाको सुरुवात गरेको छ । बैंकले बाँके जिल्लाको नेपालगञ्जमा पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवाको सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् । उक्त क्युआर कोड सेवा सुरु भएसंगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने भएका छन् । यस्तै नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्यु।आर। कोडबाट भुक्तानी गर्न सक्ने भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK