
- अर्थ सरोकार सम्बाददाता
महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो ।
पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रु चार लाखको क्षति भएको हो । रामवलीको घरमा भएको आगलागी अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्