×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न बोलायो चैत २५ गते साधारणसभा

GLOBAL IME BANK

महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न बोलायो चैत २५ गते साधारणसभा

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले ८औं वार्षिक साधारणसभा चैत २५ गते बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे केन्द्रीय कार्यालय महुली सप्तरीमा बोलाएको हो । सभाले मर्जरपश्चात कायम भएको पूँजीको २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले चैत १० गते बुक क्लोज गर्नेछ । जसमा चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: