
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १ सय ४४ जनालाई छाडिने भएको छ । पार्टीका माइला लामा र सुदर्शनसहित १४४ जनालाई छाडिने भएको हो । सो पार्टी र सरकारबीच भएको सहमति अनुसार उनीहरुलाई छाडिने भएको हो । सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको हो ।
पार्टी र सरकारबीच भएको सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध हटाउने सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु छन् । सहमतिको विस्तृत विवरण २१ गते एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्