
- अर्थ सरोकार सम्बाददाता
हेटौँडा । हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उहाँलाई बुझाएको हो ।
फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ । फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्