×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माया खोला हाईड्रोपावर कम्पनी २४ लाख कित्ता आईपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माया खोला हाईड्रोपावर कम्पनी २४ लाख कित्ता आईपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले २४ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आज बिहीबार सम्पन्न भएको छ ।
सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: