×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा र सरकारबीच पहिलो चरणको वार्ता सकियो, भए यस्ता सहमती…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेकपा र सरकारबीच पहिलो चरणको वार्ता सकियो, भए यस्ता सहमती…

Artha Sarokar

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच बालुवाटारमा पहिलो चरणको वार्ता सकिएको छ । बुधबार विहानैदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको पहिलो चरणको वार्ता विभिन्न सहमतिसहित सकिएको हो ।
मन्त्रीपरिषदबाट निर्णय गरेर विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध फुकुवा गराउने, ज्यानमुद्धा लागेकाबाहेक नेता कार्यकर्ताहरु रिहाई गर्ने, खुला राजनीतिमा नेकपा आउनेलगायतका सहमति भएसँगै वार्ता सम्पन्न भएको बताइएको छ ।
मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी