
- अर्थ सरोकार सम्बाददाता
कुश्मा । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैँया प्रदान गरेको हो ।
कर्मचारी शर्माको बिद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्यलगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बिमा बापतको रकम हस्तान्तरण गरे । रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बिमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिए । यस्तै कालीगण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्बतका संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत प्राधिकरण पर्बत बितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईलगायतले कर्मचारी शर्माको पीडामा मल्हम लगाएको भन्दै मेगा बैंकको प्रशंसा गरे ।
न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैंयासम्मको व्यवस्था गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्