×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगा बैंकका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार किन्दा १५ % छुट पाउने, ३ सयसम्म ‘क्यासब्याक’ पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् । फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैंयासम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो । यस अभियान अन्तरगत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ ।
डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताउनुभयो । फूडमाण्डूसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट खानाका परिकार खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले विशेषगरि लकडाउनको समयदेखि नगदविहीन कारोबारलाई प्रबर्धन गर्दै यस्ता अफरहरु ल्याउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: