×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले तयारी पोशाक उत्पादकलाई आकर्षक कर्जा दिने, भयो दुवै पक्षबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा बैंकले तयारी पोशाक उत्पादकलाई आकर्षक कर्जा दिने, भयो दुवै पक्षबीच सम्झौता

Artha Sarokar

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आबद्ध सबै ब्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो । 
मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम ब्यबसाय संचालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ । यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ । मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी