×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल महिला चेम्बरको ३ दिने ‘ट्रेड फेयर’ सम्पन्न, शैलेन्द्र खनालद्वारा उत्कृष्ट सहभागी एवं स्टलहरू पुरस्कृत (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो । व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गर्नुभयो । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताउनुभयो । 
तीन दिन सम्म चलेको मेलामा मण्डला सिल्कको स्टलले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै अग्नि नेपाल प्रालिले द्वितीय स्थान र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान प्राप्त गरेको छ । मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए । मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: