
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खल्ती (स्प्यारो पे प्रा.लि) र सिडिएस एण्ड क्लियरिंग लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सम्भव भएको छ, त्यो पनि बिना कुनै अन्य सेवा शुल्क । सिडिएस एण्ड क्लियरिंग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस सम्झौता पश्चात यो लागू भएको हो ।
यस अन्तर्गत अब मेरो सेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ। डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ । सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक सेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन ।
यस सन्दर्भमा खल्तीका भूर्तेलले भने , “अब ३० लाख भन्दा बढी खाताधनीहरूले खल्ती एप डाउनलोड गरी अनलाइन डिम्याट र मेरो सेयर नवीकरण गर्न मिल्ने भएको छ। यसले थप जनतालाई लगानी गर्न प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु। साथै यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।” लगानीकर्ताहरू यस अघि डिम्याट खाता संचालक मेरो सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताको नवीकरण शुल्क तिर्दै आएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्