×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा चोरिएका २७ मोटरसाइकल बरामद गरी सवारी धनीलाई हस्तान्तरण (भिडियोसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा चोरिएका २७ मोटरसाइकल बरामद गरी सवारी धनीलाई हस्तान्तरण (भिडियोसहित)

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोज तलास गरी सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, किर्तिपुर, टोखा, नयाँबसपार्क लगायतका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएका प्रहरीले चोरी भएका मोटरसाइकलहरु बरामद गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बिहिबार मात्रै करिब ८० लाख बढी मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाइकलहरु धनिलाई बुझाइएको पनि बताइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले चोरी भएका मोटरसाइकल खोजी गरी सम्बन्धितलाई बुझाउनु ट्राफिक प्रहरीको कर्तव्य भएपनि सम्बन्धित धनीले पनि चोरी हुनै नदिने उपाय पनि अपनाउनुपर्नेमा जोड दिनुभयो । सवारी धनीले जहाँत्यही पार्किङ नगर्ने तथा जहाँत्यही सवारी साधन नछोड्न ध्यान दिए चोरी कम हुनेतर्फ उहाँले सचेत गराउनुभयो । महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइसकिएको तथा चोरीमा संलग्न ४१ जना व्यक्तिहरुलाई पक्राउ गरी कारबाही समेत गरिसकेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: