
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको शंकर इन्टरनेसनल प्रा.लि.ले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रा.लि.एक मात्र आधिकारिक बिक्रेता भएको बताएको छ ।
नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुइ वोटा भेरिएन्ट उपलब्ध छन् । ६.६७” डिसप्ले र हेलियो जी–८५ गेमिङ्ग प्रोसेसर जडित उक्त फोन दैनिक उपयोगको लागि मात्र नभएर गेमिङ्गको लागि पनि उत्कृष्ट फोन भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
इन नोट–१ को दुइ वोटै फोनमा व्याक क्यामेरा ४८ मेगा पिक्सेल रहेको छ भने फ्रन्ट क्यामेरा १६ पिक्सेल रहेको छ । ४ जीबी RAM ६४ जीबी ROM भएको इन नोटको बजार मुल्य १९,९९० रहेको छ भने ४ जीबी RAM, १२८ जीबी ROM भएको इन नोट–१ को बजार मुल्य २१,४९० रहेको छ। कम्पनीका बिजनेस हेड प्रतिक सवार्थियाले माइक्रोम्यास मोबाईल चाडैनै नेपाली बजारमा उत्कृष्ट ब्राण्डमा दरिने बिश्वास ब्यक्त गरेका छन् ।
भारतमा राम्रो बजार हिस्सा ओगटेको माइक्रोम्याक्सले नेपाल भर चाडैनै आफ्ना आउटलेट अनि सर्भिस सेन्टरको बिस्तार गर्ने पनि बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्