×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९.६८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चैत १८ गते बोलायो एजिएम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

९.६८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चैत १८ गते बोलायो एजिएम

Artha Sarokar

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ९.६८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यसहित मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चैत १८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको १०औं वार्षिक साधारणसभा पञ्चकन्या बैंक्वेट बनेपामा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । 
कम्पनीले सभा स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा वित्तीय संस्थाका तत्कालीन संस्थापक सेयरधनीलाई राखेर कल्स इन एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने एजेन्डा पेस गर्दैछ । यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले चैत ८ देखि चैत १८ गतेसम्म बुक क्लोज गरिसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी