×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज, ९.६८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

  • अर्थ सरोकार  सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज बसेको छ । कम्पनीको सभा पञ्चकन्या बैंक्वेट वनेपामा बिहान ११ बजेदेखि सुरु भएको छ । कम्पनीले सभाबाट लगानीकर्तालाई ९.६८% लाभांश अर्थात ९.१९% बोनस सेयर र कर प्रयोजनको लागि ०.४८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।  
यस्तै स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा वित्तीय संस्थाका तत्कालीन संस्थापक सेयरधनीलाई राखेर कल्स इन एड्भान्स रकमलाई संस्थापक सेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने एजेन्डा पनि सभामा रहेको छ । यस्तै स्वेडालाई प्राप्तिपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
यस्तै सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतका प्रस्ताव पनि रहेको छ । सभाका लागि यस कम्पनीले चैत ८ देखि आजसम्म बुक क्लोज गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: